विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
पर्सा - अमेरिकाबाट प्रदान गरिने कामदा मिलन पत्रकारिता पुरस्कार मोफसलमा बसेर पत्रकारिता गर्ने पर्साका प्रेम लामाले पाउनुहुने भएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्कोबाट प्रकाशित हुँदै आएको हलिउडखबर डटकमले प्रदान गर्ने कामदा मिलन पत्रकारिता पुरस्कार नेपालमा मोफसलमा बसेर पत्रकारितामा सकृय लामालाई प्रदान गर्ने घोषणा गरेको हो । उसले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यो पुरस्कार लामालाई प्रदान गर्ने घोषणा गरेको हो ।
अमेरिकामा आइतवार आयोजित विशेष कार्यक्रममा पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारिता मार्फत समाज परिवर्तन गर्न लागि परेका पत्रकार लामालाई कामदा मिलन पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले जानकारी दिनुभयो । मोफसलमा बसेर पत्रकारिता गर्ने एकजना पत्रकारलाई सम्मान गर्ने योजना अनुसार पुरस्कारको स्थापना गरिएको उहाँले बताउनुभयो ।
अमेरिकामा रहेका प्रवासी नेपालीहरुको हकहितका लागि आवाज उठाउँदै आउनुभएका पत्रकार रोशन अधिकारीको स्वर्गीय माता पिताको सम्झनामा स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारमा स्वंय अधिकारी र हलीउडखबर डटकमले व्यवस्थापन गरेको केसीले बताउनुभयो ।
पत्रकार लामालाई ४ सय डलरकाे कामदा मिलन पत्रकारिता पुरस्कार उपलब्ध गराइने अधिकारीले बताउनुभयो । पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगर घर भएका लामालाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मान गर्ने घोषणा गरिएको सम्पादक केसीले जानकारी दिनुभयो ।
विगत डेढ दशकदेखि विभिन्न संचारमाध्यममा आवद्ध रहेर कलम चलाउँदै आइरहेका लामालाई पत्रकारिता क्षेत्रमा काम गर्न थप हौसला मिलोस भनेर सम्मानित गर्न लागिएको पनि उहाँले बताउनुभयो ।
अमेरिकामा रहेको नेपाली महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा कार्यक्रम सम्पन्न भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।