कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभीरको सडक विस्तार र ढलान...
फागुन २६, २०८१ सोमबार
खोटाङ – खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन अघि घर ठड्याएका भूकम्प पीडित अझै पनि आवास अनुदानबाट बञ्चित हुनु परेको बताएका छन् ।
नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार दिक्तेलमा आयोजना गरेको जिल्लास्तरीय पुनर्निर्माण सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले वास्तविक भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित रहेको बताएका हुन् ।
प्राधिकरण गठनअघि घर बनाएका लाभग्राहीलाई मापदण्ड नपुगेको भन्दै अनुदान नदिइँदा सयौं भूकम्प पीडित सरकारको अनुदानबाट बिमुख हुन पुगेको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
पहिल्यै बनाइएका घरलाई अनुदान दिलाउने विषयमा मापदण्डको कुरालाई लिएर प्राविधिकसँग विवाद हुने गरेको जनप्रतिनिधिको भनाई छ । कतिपय भूकम्प पीडित अझै पनि प्राधिकरणको लाभग्राहीको सूचीमा समाबेस हुनबाटै छुटेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ७ हजार ५ सय ७५ वटा गुनासो दर्ता भएको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालय खोटाङले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।