विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडौं – दक्षिण अफ्रिकीका साहसिक आरोहीको एक टोली कार यात्रा गरी मंगलबार नेपाल आइपुगेको छ ।
साहसिक यात्रा गर्दै आएका दक्षिण अफ्रिकी नागरिक लिसा म्यालेट नेतृत्वको टोली कारबाट १७ हजार किलोमिटर दूरी पार गरी मंगलबार बिहान काठमाडौं आइपुगेको हो । दक्षिण अफ्रिकाको पर्यटकीय नगरी केप टाउनबाट सुरु गरिएको उनीहरुको कार यात्रा झण्डै ६ महिना लगाएर नेपालको राजधानी काठमाडौंमा आएर सम्पन्न भएको छ ।
त्यसक्रममा उनीहरुले केप टाउनको पानी काठमाडौंको बौद्धनाथलाई हस्तान्तरण गरेका छन । नेपाल विश्वकै सुन्दर र शान्त देश भएकाले कार यात्राको आफ्नो गन्तव्य पनि नेपाललाई चयन गरिएको टोली नेता मिलेटले जानकारी दिनुभयो । टोलीलाई बौद्धनाथमा नेपाल–दक्षिण अफ्रिका काउन्सिलका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ र बुद्ध धर्म गुरुहरुले स्वागत गरेका थिए ।
टोलीले पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ गन्तव्य देशको भ्रमण गर्ने गरेको छ । यसैबीच, नेपाल–दक्षिण अफ्रिका काउन्सिलको सो टोलीको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
काउन्सिलका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले टोलीको सो कार यात्राले नेपालको पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नु भएको हो । काउन्सिलले कार यात्रामा आएका म्यालेट नेतृत्वको टोलीलाई सम्मान पनि गरेको छ । त्यस अवसरमा पनि कार यात्राका टोली नेता म्यालेटले नेपालको सुन्दरताले आफूलाई तानेको बताउनु भएको थियो ।
गएको जुलाई १८ बाट केप टाउनबाट सगरमाथाको देश हिँडेको साहसिक यात्राको टोली मंगलबार काठमाडौं आइपुगेको हो । टोलीले अफ्रिका–यूरोप हुँदै एसियाको नेपालसम्मको भ्रमण तय गरेको थियो ।
टोलीले नेपाल आइपुग्न १९ वटा देशको भ्रमण गरेको छ । टोलीले इटालीका व्यापारी तथा लेखक मार्को पोलोको बाटो पहिल्याउँदै टर्की–इरान–तुर्केमिस्तान–उज्वेकिस्तान–चीन हुँदै नेपालसम्मको यात्रा तय गरेको थियो । त्यसै अनुसार अफ्रिकाको टोली नेपाल आइपुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।