विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
सप्तरी – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ मा रहेको कल्टुदास पोखरीबाट अवैध लागुऔषधसहित एकजना युवक मंगलबार साँझ पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षका संजय यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँचको क्रममा यादव चढेको स. ५ प ८२७९ नम्बरको मोटरसाइकलसहित फेनाग्रन लेखिएको ९० थान, डिजाल्याब लेखिएको ९० थान , लिफजेसिस लेखिएको ९० थान अवैध लागुऔषध समेत बरामद गरेको छ ।
पक्राउ परेका युवकलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । त्यसैगरी कर्तव्य ज्यानका फरार रहेका एकजना प्रतिवादी अभियुक्त पक्राउ परेका छन ।
प्रहरीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ राजदेवी टोलका भानाला यादवका २५ वर्षका छोरा प्रेमकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा फरार प्रतिवादी राजविराज नगरपालिका वडा नम्बर ११ फर्सैठ निवासी हरि नारायण यादवका छोरा आनन्दकुमार यादवलाई पक्राउ गरेको हो ।
यादव सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतको आदेशमा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।