विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाडौं – ट्याक्सी चालकले ५ पटकसम्म मिटरमा जान नमाने ६ महिना ट्याक्सी चलाउन नपाउने भएका छन् । उपत्यकामा ट्याक्सी चालकले मिटरमा जान नमानेको र बढी भाडा लिने गरेको गुनासो धेरै आएपछि ट्राफिक प्रहरीले ५ पटकसम्म मिटरमा जान नमान्ने चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न थालेको हो ।
गएको विहीबारदेखि लागू भएको नियम अनुसार दैनिक १ सयको हाराहारीमा मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी चालकको लाइसेन्स निलम्बन गर्न थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसको अनुगमनका लागि ५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटाइएको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार ५ पटकसम्म बढी भाडा लिने, मिटरमा जान नमानेलाई ३ हजार रुपैयाँ जरिवाना तिराउने र सम्झाई बुझाई गरिन्छ । तर छैटौँ पटक पनि त्यहि कुरा दोहोरियो भने ६ महिनासम्म ट्याक्सी चलाउन नपाइने सापकोटाको भनाई छ ।
यसैबीच फ्लोरिसेन्ट ज्याकेट नपाउने माइक्रोका चालक तथा सहचालक कार्बाहीमा पर्न थालेका छन् । फ्लोरिसेन्ट ज्याकेट नलगाउने माइक्रोका चालक तथा सहचालकलाई ५ सय रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।