काठमाण्डौमा मोटरसाइकल चोरी आरोपमा एक जना पक्राउ
फागुन २६, २०८१ सोमबार
सप्तरी – सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ४ फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
कदमाहा चोकस्थित पूर्व पश्चिम राजमार्गबाट २ सय मिटर उत्तरतर्फ अन्दाजी २२ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव नजिक छेउमा गहुँमा छर्किने विषादी फेला परेको बताउनुभयो ।
त्यस्तै एउटा मोबाइलसमेत फेला परेको एसपी विष्टले जानकारी दिनुभयो । महिलाको मृत्यु वा हत्या के भएको हो भन्ने प्रस्ट नभएको तथा घटनाको थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिनुभयो ।
मृतक महिलाको शव पोष्टमार्टमसका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।