अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
दाङ – बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ ।
बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
नवराजकी श्रीमती जीवना १६ महिनाको छोरालाई लिएर बाहिर गएका बेला आगो लागेको छिमेकीले बताएका छन् ।