पुल नहुँदा डुंगाको भर

 मंसिर २८, २०७५ शुक्रबार १०:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम –  जिल्लाकै विकट मानिने तुर्माखाँद गाउँपालिका–२ भुलुका नागरिकहरु कर्णाली नदीमा झोलुंगे पुल नहुंदा काठको डुंगामा जोखिमपूर्ण रुपमा नदी तर्न बाध्य छन् । गाउँबाट बाहिर जानका लागि कर्णाली राजमार्गसम्म पुग्नका लागि भुलुबासीले कर्णाली किनारको सिमखेत नजिकै जाङ्सोमा काठको डुंगा तर्नुपर्छ ।

परापूर्व कालदेखि नदी तर्न प्रयोग हुने काठको डुंगामा यात्रा गर्दा मान्छेहरु निकै त्रसित हुने गर्दछन् । स्थानीय लालबहादुर शाहीले भन्नुभयो “सामान्य काठको मुढाबाट बनाईएको डुंगामा कतिखेर के हुने हो पत्तै हुँदैन, यसरी नदी पार गर्नु असाध्यै जोखिमपूर्ण छ ।”

भुलुका पदमसिंह विष्ट कर्णालीमा डुंगा चलाएर बसेको वर्षौँ भइसक्यो । डुंगामा मानिसहरुलाई वारपार गराउनु उनको नित्य कर्म जस्तै हो । उहाँ भन्नुहुन्छ “भुलुका स्थानीयलाई नदी तर्नका लागि कि त घण्टौँ लगाएर पुल भएको ठाउँ पुग्नुपर्छ नभए यही काठको डुंगाकै सहारा हो ।” 

बाल्यकालदेखि नै डुंगा चलाउन सुरु गरेका विष्टले गाउँको सहजताका लागि झोलुंगे पुल चाँडो निर्माण हुनुपर्ने बताउनुभयो । पुल निर्माण चाँडै भएको खण्डमा सामान ओसार–पसार र मानिस आवतजावतका लागि सहज हुने उहाँको विश्वास छ ।

तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा अब छिट्टै नै भुलुगाउँको सहजताको लागि सिमखेत नजिकै पुल निर्माण गर्ने प्रक्रियामा रहेको बताउनुहुन्छ । झोलुंगे पुलका लागि केही सामानसमेत आइसकेको उहाँले जानकारी दिनुभयो । 

गाउँगाउँमा स्थानीय तहमार्फत जनताको सरकार आएको परिवेशमा विकट र दूरदराजमा रहेका नागरिकको सहजताका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य बताउनुहुन्छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया