जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो ।
अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए ।
सोनाक्षी सिन्हा र बन्टी सचदेवाले आफूहरुको सम्बन्धबारेमा खुलेर केही नभने पनि धेरै जसो समय यी दुवैले सँगसँगै समय बिताउने गरेका थिए । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।
अहिले अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता अादीत्य रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन् ।
केही दिनअघि अभिनेत्री आलिया भट्टले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा यस शो मा अभिनेत्री सोनाक्षी सिन्हा र आदित्य रोय कपूरलाई बोलाइनु पर्छ भनेकी थिइन् ।
अहिले फेरि अर्का अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक तस्बिरमा भाउजू भन्दै कमेन्ट गरेर सोनाक्षी र आदित्य एकअर्कालाई डेट गरिरहेकोतर्फ इशारा गरेका छन् ।
सोनाक्षीले ‘चुप लाग’ भनेर जवाफ गरेकी छिन् ।
सोनाक्षी सिन्हा र आदित्य रोय कपूर करण जोहरको फिल्म ‘कलंक’ मा एकसाथ देखिनेछन् । आदित्य रोय कपूरले सन् २००९ मा फिल्म ‘लण्डन ड्रिम्स’ बाट बलिउडमा डेब्यु गरेका थिए भने उनले फिल्म ‘अशिकी २’ र ऐ जवानी हे दिवानी’ ‘फितुर’ जस्ता फिल्ममा काम गरिसकेका छन ।
अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउड डेब्यू गरेकी हुन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।