चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
महोत्तरी – तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपाली ग्राहकले एक सय भारुको लागि एक सय ६६ रुपैयाँ तिर्दै आएका छन् । भारतीय एक सयको एक सय ६० रुपैयाँमा कारोबार हुने गर्छ । तर नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नभएको अवस्थामा भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।
महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा यतिबेला नेपाली ग्राहक किनमेल गर्न पुग्ने गर्छन् । चाडबाडको किनमेल गर्न पुग्ने नेपालीलाइ भारतीय व्यापारीले कमिशन लिएर सामग्री दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले गुनासो गर्नुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।
त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । यो बोहक महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली एक सय ६६ रुपैयाँ लिने गरेका छन् ।
सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले एक हजार बराबर नेपाली एक हजार छ सय रुपैयाँ दिए मात्र पाउने गरेका छन् । साथै कुनै ठाउँमा आठ रुपैयाँसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् । नेपाली बजारमा मालवस्तु महँगो पर्ने र भारतीय बजारमा केही सस्तो भएको हुँदा बट्टा तिरेर पनि भारतीय बजारमा किनमेल हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।