ग्यास भएका ठाउँमा जमिन खन्दा सावधानी अपनाउन आग्रह
फागुन २६, २०८१ सोमबार
इलाम – गएको कार्तिक २५ गते गर्ने भनिएको लगानी प्रवर्द्धन सम्मेलन इलाममा आउँदो पुष २० मा आयोजना गरिने भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गरिने इलाम नगरपालिकाले जनाएको छ ।
मंसिर २७ गते इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार, सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिका र नागरिकहरुकोतर्फबाट उहाँले राष्ट्रका लागि पुर्याउनु भएको योगदानको उच्च कदर र सम्मान गर्दै नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रम इलामको ठूलो टुँडिखेलमा हुनेछ भने छलफल कार्यक्रम गौतम बुद्ध सभाहलमा हुनेछ ।
इलामका उत्पादन मुलक क्षेत्रमा लगानी गर्न देशका ठूला लगानीकर्ता उद्योगी एवम् व्यवसायीहरुको लगानी रहनेछ । देशभरका ४४ जना औद्योगिक घरानाका व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय पदाधिकारीहरुले इलाममा व्यावसायिक लगानी गर्ने बताइएको छ । जिल्लाका व्यवसायको क्षेत्रमा लगानी बढाउनका लागि यो सम्मेलन केन्द्रित रहनेछ ।
यसैगरी इलाम नगरपालिकाले वडा नम्बर ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनमाथि रहेको चौतारादेखि पूर्वक्षेत्र भित्रकोे नेपाल सरकारको नाममा रहेको इलाम चिया बगानको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।