बैंकहरुले ७ महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य महतले बिना पूर्वाग्रह आन्तरिक समीक्षा गर्दै सबैमा आशा जगाउने गरी महासमिति बैठकले एकताको संदेशसहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताउनुभएको हो ।
प्रतिपक्षी दलको भूमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आइपुगेको भन्दै आत्मसमीक्षासहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताउनुभयो । पद र व्यक्ति तथा गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरी महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उहाँले गर्नुभयो । उहाँले पुनः सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर देशलाई सम्मुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुनर्जागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
गम्भीर छलफल र विचार विमर्श गरी नीतिगत निर्णय लिने सवालमा महासमिति बैठक महत्वपूर्ण फोरम भएकाले सबै देशबासीलाई आशा जगाउने अवसरको रुपमा यसको प्रयोग गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।