आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना
फागुन २६, २०८१ सोमबार
कपिलवस्तु – गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको छ । कपिलवस्तुको चन्द्रौटामा ना ६ ख ५८१२ नम्बरको ट्रक गुडिरहेको बेला आगो लागेको हो ।
डडेलधुरामा एनसेलको टावर बनाएर फर्किँदै गरेको ट्रकमा आगो लाग्दा ट्रकमा लोड गरिएको व्याट्री जलेर नष्ट भएको छ । ट्रकमा राखिएको ब्याट्री सर्ट भइ आगो लागेको हुनसक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।
शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतीको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।