आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना
फागुन २६, २०८१ सोमबार
डोटी – जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा दर्ता भएका सयौँ गैरसरकारी संस्थाको दर्ता खारेजी गरेको छ ।
संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका तर लगातार तीन वर्षदेखि नविकरण नभएका ३ सय ६३ गैरसरकारी संस्थाहरुलाई दर्ता खारेजी गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘संस्था दर्ता ऐन अन्तर्गत २०४४ सालदेखि दर्ता भई २०७२ साल अर्थात् गएको तीन वर्षदेखि नविकरण नगरेका संस्थाहरुलाई हामीले ३५ दिने सूचना प्रकाशन गर्दा पनि नविकरण गर्न नआएकाले दर्ता खारेज गरेका हौं ।’
जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार डोटीमा २०४४ सालदेखि यता ६ सय १० वटा संघ–संस्था दर्ता भएका छन् । ३ सय ६३ संस्थाको दर्ता खारेजी भएपछि अहिले जिल्लामा १ सय ८७ मात्र गैरसरकारी संस्था बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
नियमित रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेजीमा परेको जिल्ला प्रशासन कार्यालय डोटीको दाबी छ । डोटी जिल्लामा नविकरण नगर्ने गैरसरकारी संस्था पटक – पटक गरी ४ सय २३ ओटा खारेजी भैसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।