पूँजीबजारमा १९ अंकको सुधार, तीन कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत नाफा

 पुस १, २०७५ आइतबार १६:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो हप्ताको कारोबाराको पहिलो दिन आइतबार नेप्से परिसुचक झण्डै १९ अंकले बढेको छ । आइतबार परिसूचक १८ दशमलव ८९ अंकले बढेर ११ सय ६७ दशमलव ६७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उत्पादनमूलक समूह बाहेक सबै समूहको उप–सूचक बढेसँगै कारोबार मापक नेप्से परिसुचक बढेको हो । उत्पादनमूलक समूहको उप–सूचक ८ दशमलव ४३ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ४७ करोड ४२ लाख रुपैयाँ बराबरका १४ लाख कित्ता शेयर किनबेच भएका छन् ।

तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए

पूँजीबजारमा सुधार आएसँगै विभिन्न तीन कम्पनीका लगानीकर्ताले आइतबार १० प्रतिशत कमाएका छन् । आइतबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका हुन् । 

तारागन रिजेन्सी होटलका लगानीकर्ताले पनि ९ प्रतिशत कमाएका छन् । बजारमा सुधार आउँदा रैराङ हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले झण्डै ४ प्रतिशत गुमाएका छन् ।

कुन समूहको सुधार कत्ति ?

आइतबार उत्पादनमूलक समूहका बाहेक सबै समूहको उप–सूचक सुधारिएको छ । दिनभरको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमाको १ सय ६७ दशमलव २१ अंकले सुधार भएको छ ।

यस्तै जीवन बीमाको १ सय ३३ दशमलव ३७, माइक्रोफाईनान्स समूहको ३७ दशमलव ५२, होटल समूहको ३० दशमलव ३८, बैंकिङ समूहको १७ दशमलव ७६, विकास समूहको १० दशमलव २२, जलविद्युत समूहको ४ दशमलव ६२, फाइनान्स समूहको ३ दशमलव १५ र अन्य समूहको ३ दशमलव ४१ अंकले सुधार भएको छ । उत्पादनमूलक समूहको उप–सूचक भने ८ दशमलव ४३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया