रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
मंसिर १३, २०८१ बिहिबार
च्याम्पियन्स लिगको फाइनलमा नराम्रोसँग घाइते भएर खेल छाड्नुपरेका इजिप्टका स्ट्राइकर मोहम्मद सलाह पूर्ण रुपमा सञ्चाे भएका छन् ।
उनी च्याम्पियन्स लिगका उपाधिका लागि लिभरपूलका तर्फबाट खेल्दै गर्दा रियल मड्रिडका डिफेण्डर सर्जियो रामोससँग ठोक्किंदा उनको काँधको लिगामेण्टमा गम्भीर समस्या आएको थियो ।
नराम्रोसँग घाइते भएकाले उनले विश्वकप खेल्न सक्दैनन् भन्ने अड्कलबाजी गरेका थिए ।
यसैबीच इजिप्टका राष्टिय टोलीका प्रशिक्षक हेक्टर क्युपरले सलाह शत प्रतिशत तन्दुरुस्त भएको र शुक्रबार उरुग्वेका विरुद्ध हुने पहिलो खेलमा सहभागी हुने बताएका छन् ।
‘म अन्तिम समयमा कुनै भवितव्य आइनपरेको खण्डमा सलाहले खेल्ने शत प्रतिशत पक्का गराउन चाहन्छु,’ क्युपरले भने, ‘ उनी सर्वाधिक गोलकर्ता र महान खेलाडी बन्न सक्छन् ।’
क्युपरले सलाहको अवस्था राम्रो रहेको र छिटो भन्दा छिटो तन्दुरुस्त भएको बताएका छन् ।
उनले थपे, ‘हामी उनलाई आत्मविश्वासी महसूस गराउन प्रयासरत छौं । डाक्टरहरुले उनलाइ खेल्ने र नखेल्ने दुवै विकल्प दिएका छन् तर मैले उनलाई राम्ररी चिनेको छु, उनी डराउँदैनन्, नीडर छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।