जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ को छायांकनमा जाने क्रममा चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परे ।
उनी दुर्घटनामा परेपछि चलचित्रको छायांकन नै रोकिएको छ । अभिनेता कार्की अहिले घरमै आराम गरिरहेका छन् । मोटरसाइकल दुर्घटनामा पर्दा उनको खुट्टा भाँच्चिएको छ । छायांकन रोकिएसँगै चलचित्र प्रदर्शनका लागि तोकिएको मितिमा नआउने भएको छ । फागुन १७ गतेलाई प्रदर्शन मिति तोकेर यो चलचित्र छायांकनमा गएको हो ।
चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । टिजरलाई दर्शकले रुचाएका छन् । ‘जात्रै जात्रा’को टिजरमा अभिनेता दयाहाङ राइको इन्ट्रीले चलचित्रलाई थप रोचक बनाएको छ । ‘हामीले फागुन १७ लाई प्रदर्शन मिति तोकेका थियौँ तर विपिन दुर्घटनामा परेपछि तोकेको मितिमा हामी चलचित्र प्रदर्शन गर्न असमर्थ भयौँ’, चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने ।
चलचित्रको प्रर्दशन मिति सरेको बताए पनि कहिलेबाट प्रदर्शनमा आउने भन्ने चाँडै नैै टुंगो लगाइने निर्देशक भट्टराईले बताए । ‘जात्रा’को सिक्वेलको रुपमा बन्न लागेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झालागायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा मेहेनतबिना आइपरेको धन पचाउन गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
–उज्यालाे र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।