जाजरकोटको कुशे गाउँपालिकामा आगलागीबाट एक बालकको ज्यान गयो
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेपाली कांग्रेसभित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ ।
पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेसभित्र विवाद चर्कँदै गएको हो । त्यही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको छ । साँझ केन्द्रीय कार्य समिति बैठकबाट यस विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको हो ।
पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही विषयमा देखिएका समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अहिले कांग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन् । आज तेस्रो दिन कांग्रेस महासमिति बैठकको बन्दसत्र जारी छ ।
कांग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो । साँझ ६ बजेपछि बस्ने केन्दी्रय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधानसम्बन्धी प्रतिवेदनमा काँग्रेस केन्द्रिर्य कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण त्यो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।