आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना
फागुन २६, २०८१ सोमबार
काठमाडौं – एनएमबी बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार बैंकले कर्जा उपलब्ध गराउने भएको हो । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।
बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ । त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।
यस्तै, बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्न एनएमबी सहारा बचत खाता पनि सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत विभिन्न १८ प्रकारका रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
arjun arjun muktan
Aug. 10, 2020, 1:55 p.m.सर याे अबधि कहिले सम्म छ,र के के कागजात चाहिन्छ सर
Narendra Shrestha
Jan. 20, 2020, 4:05 p.m.मलाई १० लाख रुपैयाँ ऋण चाहिएको छ यसको लागि मसँग धितो छैन र म अहिले रोजगरिको सिल सिलामा विगत तिन वर्ष देखि युयई दुवै मा जागिर छ नियम र शर्त हरु के के छ पूरा जानकारी पाए धेरै राम्रो हुन्थ्यो!
shree om sahani
Jan. 3, 2020, 5:47 p.m.मैले यो सुबिधा पाए मात्र हजुर को यो कुरामा बिश्वास गर्नेछु। कारण घोषणा भएको सबै थोक लागू हुन नि सक्छ न हुन नि सक्छ।