आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना
फागुन २६, २०८१ सोमबार
रौतहट – रौतहटको गरुडा नगरपालिकाको विर्तामा सोमबार लागेको हाटबजारमा एक्कासि ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रत्येक शुक्रबार र सोमबार विर्तामा हाट बजार लाग्ने गर्दछ । बजारमा आज साँझ केही उच्छृंखल तत्वहरुद्वारा अन्धाधुन्ध ढुंगाको वर्षात गर्न थालेपछि बजारमा आएका ग्राहकहरु प्रतिकार गर्दा पनि ढुंगामुढा बन्द नहुँदा बाध्य भएर प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएका हुन् ।
श्रोतका अनुसार हाटबजारमा केही अर्को समुदायबाट सुनियोजित ढंगबाट ढुंगामुढा गराइएको छ । दुई दिनअघि अर्थात मंसिर २८ गते गरुडा नगरपालिका ९ का वडाध्यक्ष राजेश सहनी र उनका वुवा हरि सहनी मोटरसाइकलमा जाँदै गरेको अवस्थामा शेख हुसैनसहितका व्यक्तिहरुले मोरसाइकलमै हरिमाथि आक्रम गरेका
थिए ।
आक्रमण गरेपछि सहनी पक्षका मान्छेहरु एकत्रित हुँदा दोहोरो झड्प भएको हो । झड्पलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड अश्रुग्यास र २ राउण्ड गोली हवाई फायरसमेत गरेको थियो । तर त्यही विषयमा राम्ररी ढंगबाट स्थानीय प्रहरी शासनबाट अनुसन्धान गरी दोषीहरु माथि कारबाही नगर्दा पुन: उक्त विषयलाई
लिएर आजको घटना भएको स्थानीय बासिन्दाहरुले गुनासो गरे ।
अवस्था तनावपूर्ण भइरहँदा पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासन असफल रहँदा घटना पटक–पटक दोहोरिरहेको आरोप उक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले लगाए । असोज ३ गते सोही गाउँका हरिन्दर सहनीको आमा भोगिया देवी सहनीको मृत्यु भएपछि शव जलाउने विषयलाई लिएर दुई समुदायबीच झडपको सुरुवात भएकाे थियाे ।
धेरै वर्षदेखि नहर छेउमा हिन्दू समुदायका बासिन्दाहरु शव जलाउने गर्दा उक्त कार्यलाई रोक्न अर्को समुदायले प्रतिवाद जनाउँदा झडपको सुरुवात भएको थियो । १० गते अर्को शव जलाउन लाग्दा झडप भएर दुई दिनसम्म शवको संस्कार गर्न सकेनन । उक्त घटनामा प्रहरीले २३ राउण्ड टियरग्यास र ३२ राउण्ड हवाई फायर गरेर तीन दिनसम्म घटनास्थल नियन्त्रणमा लिई दुवै पक्षबीच सहमति गराएर साम्य बनाइएको थियो ।
घटनापछि स्थानीय राजनितिक दल जिम्मेवार भई शान्ति कायम गर्नुको साटो दुवै पक्षको नेतृत्व गरेर राजनीति गर्नमा व्यस्त रहँदा घटना साम्य हुनुको साटो झडपको रुपमा परिणत हुँदै गएको स्थानीय बताउँछन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी महेन्द्र प्रसाद मरासिनीले पुरानै विषयमा झड्प भएको हुँदा ८ राउण्ड टियरग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको तथा घटनाका सम्बन्धमा आवश्यक अनुसान्धान गरी दोषीलाई नियन्त्रणमा लिने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।