भ्रष्टाचारका सबै काण्ड छानबिन गर्न र महँगी नियन्त्रण गर्न सरकारस...
पुस २३, २०८१ मंगलबार
सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको चुनावमा लोकतान्त्रिक प्यानलका रावत विजयी भएका हुन् । रावतले ८१० मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए ।
पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्ष विक्रम खड्का (७८९), उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत (८०५), महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा (७६६), महासचिवमा लक्ष्मण कँडेल (७७८), कोषाध्यक्षमा भद्र भण्डारी (८०६) र सचिवमा रामप्रसाद पाण्डे (७६५) विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाशुदेव शर्मा (७७४) र उद्योग उपाध्यक्ष हरी विष्ट (७२४) पराजित भए । संयुक्त उद्योगी व्यवसायी प्यानलका उम्मेदवार बाणिज्य उपाध्यक्ष प्रवल शाही (७६४), महिला उपाध्यक्ष बसन्तीकुमारी बस्नेत (एकता) ७४७, महासचिव कलाधर उपाध्याय (केदार) (७४८), कोषाध्यक्ष गोविन्द पाण्डे (७३०) र सचिव शिवराज जैशी (अधिकारी) (७५५) पराजित भए ।
संघको महिला सदस्यमा टिकाकुमारी कंडेल (७१८) र लक्ष्मी कार्की (प्रधान) (७१८) विजयी भएकी छन् । यस्तै सदस्यहरुमा रामप्रसाद जैसी (राजु)ले ८०८, प्रेमप्रसाद पाण्डेले ७९१, कपिलमणि सुवेदीले ७८४, रमेश बरालले ७८२, जनकबहादुर थापाले ७६८, हरिकुमार श्रेष्ठले ७६२, रामबहादुर गौतमले ७५४, दिपक खड्काले ७५१, सिंहराज बमले ७५१, तेजप्रसाद तिवारीले ७४०, प्रेमबहादुर रावतले ७३२ र भिमप्रसाद पौडेलले ७१८ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, सदस्यका उम्मेदवार अक्कलबहादुर शाहीले सात सय, एवानबहादुर बुढाले ६७७, कर्णबहादुर शाहीले ६७९, कुष्णप्रसाद सुवेदीले ७१५, प्रकाशचन्द थापाले ६५९, प्रेमबहादुर थापाले ७१४, बिन्द्रप्रसाद जैसी (विशाल)ले ६१४, मदनबहादुर थापाले ६७३, रमेशप्रसाद ढकालले ७११, लक्ष्मण खत्री (देवकोटा)ले ७१२ र हविष हुसेनले ६७४ मत ल्याएर पराजित भएका छन् । संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा एक हजार ९ सय ४ सदस्य मध्य १ हजार ६ सय ५० मत खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।