गुठीको अर्बौँ जग्गा बेच्ने महन्त १५ लाख धरौटीमा रिहा

 पुष ३, २०७५ मंगलबार १०:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – गुठीको अर्बौँको जग्गा बिक्री गरेको जनकपुर रत्नसागर कुटीका महन्त बैकुण्ठ दास १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई १५ लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो ।

जनकपुरधाममा रहेको जनक हजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज किर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोग लागेर फरार रहेका महन्त गएको मंसिर १९ गते साँझ काठमाडौंको पुतली सडकको एक गेष्ट हाउसबाट पक्राउ परेका थिए ।

सरकारी कागज किर्ते र ठगी मुद्दाका अभियुक्त दासलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको छ भने उनीसँगै सरकारी कागज किर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजेश कटवालको एकल इजलासले महन्त दासलाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै उनी धरौटी बुझाएर थुनामुक्त भएका छन् ।   

हजारी जनक संस्कृत विद्यापीठकासमेत महन्त रहेका दासले नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो बेचिएको जग्गा आफ्नो नाममा रहेको दाबी गर्दै धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया