काठमाण्डौमा मोटरसाइकल चोरी आरोपमा एक जना पक्राउ
फागुन २६, २०८१ सोमबार
दाङ – मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको साथमा लागूऔषध फेला परेको छ । राप्ती पोलिक्लिनिक भालुबाङ्गमा उपचार गराइरहेका घाइते व्यक्तिको साथबाट लागूऔषध फेला परेको हो ।
सोमबार राति राप्ती गाउँपालिका वडा नं २ मा भालुवाङ्गबाट प्यूठान जाँदै गरेको रा १ प ८८७६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको पिकअप भ्यानले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक प्यूठान नगरपालिका वडा नं २ विजयनगर निवासी २४ वर्षीय ललितजंग विष्टको साथबाट दुई पत्ता ३० ट्याब्लेट नाइट्रोजेपाम नाम गरेको लागूऔषध फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
राप्ती पोलिक्लिनिकमा उपचार पश्चात् मोटरसाइकल चालक विष्टसहित मोटरसाइकलमा सवार प्यूठान नगरपालिका वडा नं। ३ चितिखोला निवासी २२ वर्षीय किरण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।