काठमाण्डौमा आज र भोलि श्रम तथा रोजगार सम्मेलन
फागुन २६, २०८१ सोमबार
अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नाको अमिलेमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको माइतीपक्षले आरोप लगाएका छन ।
डिभर्नाको अमिलेकी मीना सेजवाललाई आफ्नै श्रीमान कृष्णबहादुर सेजवालको निर्घात कुटपिट गरेपछि टाउकोमा रगत जमेर उहाँको मृत्युु भएको माइतीपक्षको दाबी छ । दिदीलाई महिनौंदेखि कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको मृतककी बहिनी कल्पना केसीले बताउनुभयो ।
श्रीमानले नै कुटपिट गरेर मीनाको ज्यान गएको भन्दै माइतीपक्षले कुटपिट गर्ने श्रीमानलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । घटनाको छानबिन गर्न प्रहरी प्रशासनले चासो नदेखाएको माइती पक्षले आरोप लगाएका छन ।
मृतक मीनाको गएको मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो । शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेर अन्तिम दाहसंस्कार पनि गरिसकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।