काठमाण्डौमा आज र भोलि श्रम तथा रोजगार सम्मेलन
फागुन २६, २०८१ सोमबार
दाङ – घोराही उपमहानगरपालिका वडा नम्बर १३ तुरुन्तपुरका सुवास पुनमगरको मृत्यु रहस्यमय भएको भन्दै परिवारले शव नबुझ्ने अडान लिएका छन् ।
गएको कात्तिक ३० गते घरदेखि स्वर्गद्धारी घुम्न गएका १० जना मध्य सुवास फर्कने क्रममा बाटोबाटै हराएका थिए । सोमबार सुवासको शव घोराही उपमहानगरपालिका १९ सैघाको बोल्दी हरिकिसे भीरमा घाँसदाउरा लिन गएका स्थानीय महिलाहरुले भेटाएका थिए ।
सुवासको मृत्यु रहस्यमय भएको भन्दै प्रभावकारी छानबिन हुनुपर्ने माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन् । पुनको शव गलेको अवस्थामा भेटिएको थियो । शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्टमाटम गृहमा राखिएको छ ।
पुनको शव बाटोदेखि झण्डै ६ सय मिटर टाढाको भीरबाट खसेको अवस्थामा भेटिएको थियो । घटनाका बारेमा हराएदेखि नै अनुसन्धान गरिरहेको र शव भेटिएपछि थप नयाँ ढंगबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।