काठमाण्डौमा आज र भोलि श्रम तथा रोजगार सम्मेलन
फागुन २६, २०८१ सोमबार
कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अनुसन्धानमा संलग्न ८ जना सरकारी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिनुभएको छ ।
उहाँले सार्वजनिक न्यायविरुद्धको कसुर अन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी अंगुर जिसीलगायत ८ जना विरुद्ध जोहरी दिनुभएको हो ।
अनुसन्धानमा खटिएका अधिकारीको लापर्वाहीका कारण हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न नसकेको जाहेरीमा उल्लेख गरिएको छ ।
प्रहरीले लापर्वाही गरेको आरोपमा सरकारी छानबिन समितिले कात्तिक ८ गते तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारी सेवामा योग्य हुने गरी बर्खास्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।