खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
हङकङको एउटा भवनको सबैभन्दा माथिल्लो तलामा चढेर एक व्यक्तिले लाखौँ मूल्य बराबरको नोट सडकमा फालेका छन् ।
गएको आइतबार वोङ चिंग किट नाम गरेका एक युवकले भवनबाट नोटको वर्षा गराएपछि सडकमा एकछिन हंगामा नै मच्चिएको थियो । पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार वोङ (क्रिप्टोकरेन्सी) बिटक्वाइनमार्फत करोडपति बनेका थिए । गिरफ्तार हुनुभन्दा पहिलेसम्म उनले दुई लाख हङकङ डलर(झण्डै २८ लाख नेपाली रुपैयाँ) बराबरका नोट उडाइसकेका थिए ।
उनले आफ्नो गिरफ्तारीको पनि फेसबुकमा लाइभ गरेका थिए । उनले आफूले गरिब नागरिकको सहयोग गर्नलाई पैसा उडाएको बताएका थिए ।
तर केही सञ्चार माध्यमका समाचारलाई मान्ने हो भने यसको अर्को कारण रहेको छ । वोङ गुप्त(क्रिप्टो) व्यापारमा एक ‘प्रतिष्ठित’ धोकेबाज मानिन्छन् । उनले एउटा प्रोजेक्ट अन्तर्गत नै ‘पब्लिसिटी स्टन्ट’ का लागि पैसा उडाएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
जे भए पनि उनले भवनको माथिल्लो तलाबाट पैसा उडाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जसमा उनले पैसा उडाइरहेका छन् भने सडकमा हिँडिरहेकाले पैसा टिपिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।