आँखा नदेख्ने नयाँ जीवलाई दिइयो राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम

 पुष ५, २०७५ बिहीबार ९:१३:३६ | एजेन्सी
unn.prixa.net

पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीव पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।  

वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्राणीको नाम ‘डर्मोफिस डोनाल्डट्रम्पी’ राखिएको छ ।

ब्रिटेनको एक भवन निर्माण गर्ने कम्पनी इन्भारो विल्डले गएको मंगलबार यस जीवको नामाकरण गरेको हो । इन्भारो विल्डका प्रमुख एडन बेलका अनुसार यो जीवको नाम राख्ने अधिकार हासिल गर्नका लागि २५ हजार अमेरिकी डलर खर्च भएको छ । 

सानो, आँखा नदेख्ने यो जीव विशेष गरेर जमिनमुनि बस्छ । जलवायु परिवर्तनबारे ट्रम्पले दिँदै आएकाे प्रतिक्रियालाई स्मरण गर्दै बेलले भनेका छन् यो जीव र डोनाल्ड ट्रम्पको व्यवहार मिल्दोजुल्दो छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया