हिउँदे अधिवेशनको बैठकमा डाक्टर भट्टराईले सोधे : संविधान संशोधन गर्न कसले रोकेको छ ?

 पुष ११, २०७५ बुधबार १९:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नागरिकमा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले नागरिकले लोकतान्त्रिक व्यवस्थाको अनुभूति नागरिकले नगरेको र उनीहरुको  जीवनस्तरमा खासै परिर्वतन नभएको भन्दै भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभएको हो ।

सत्तापक्षले बोल्दा सुनको लङ्का नै भए जसरी बोल्ने गरेको भन्दै उहाँले सरकारले दाबी गरे अनुसार नागरिकको जीवनस्तरमा परिर्वतन नआएको बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यताले ल्याएको परिर्वतनको महसुस नागरिकले गर्न नसकेको भन्दै अनावश्यक भ्रम छर्ने काम नगर्न उहाँले सरकारलाई सचेत गराउनुभयो ।

उहाँले अनावश्यक कार्यक्रमहरुको फेहरिस्त दिँदै भ्रमपूर्ण ढंगले आफै भ्रमित हुने काम नगर्न सरकारलाई सुझाव दिनुभयो । पछिल्लो समय सञ्चारमाध्यममा आएको दोहोरो सुविधाको समाचारप्रति इंकित गर्दे उहाँले सांसदहरुप्रति नागरिकमा उब्जिएको आशंका निराकरण गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार निरन्तरतामा क्रम भंग रहेकाले गुणात्मक परिर्वतनको अनुभूति नागरिकलाई दिनुपर्नेमा जोड दिनुभयो । सबैतिर चिल्लो देख्ने सरकारको भ्रम रहेको दाबी गर्दै उहाँले तात्कालिन जनयुद्धकालीन शहीद र बेपत्ता परिवारको सत्य तथ्य पत्ता लगाई न्याय दिन पनि नसक्ने सरकारले सबै थोक गर्यौं भन्न नमिल्ने तर्क गर्नुभयो ।

संविधान संसोधन गर्छु पनि भन्ने अनि नगर्ने सरकारको चरित्र शंकास्पद देखिएको भन्दै उहाँले  संविधान शंसोधन गर्न कसले रोकेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दोहोरो कुरा नगर्न सरकारलाई सचेत गराउनुभयो ।

उपयुक्त ढंगले संघीयताको कार्यान्वयन गर्ने सवालमा सरकार गम्भीर नभएको भन्दै उहाँले संविधान संसोधन र आवश्यक कानुन बनाउन ढिलाई नगर्न सरकारलाई सचेत गराउनुभयो । वाइड बडी विमान खरिद प्रकरणमा स्पष्ट भ्रष्टाचार भएको देखिएको भन्दै उहाँले यो कुन प्रकारको सुशासन र कुन प्रकारको पारदर्शीता हो भनी प्रश्न गर्नुभयो । 

उहाँले सरकारले अझै पनि निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसक्नुले शान्ति सुरक्षाको सामान्य विषयमा पनि सरकार चुकेको संदेश दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रमाण मेटाउनेलाई सोधपुछ गरेर पत्ता लगाउन सकिदैन ? सरकारले यस्तो पनि नसक्ने ? यस्तो पनि दुनियामा कही हुन्छ ?’

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयहरु आसेपासेलाई पोस्ने काम भएको भन्दै उहाँले डाक्टर गोविन्द केसीसंग पटक–पटक सम्झौता गरेर पालना नगर्नुले सरकारको छबी बिगार्दै लगेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया