गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजरायली बन्धकको आग्रह

 फागुन २५, २०८१ आइतबार ६:४५:३७ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

मुक्त बन्धकहरूको ५६ जनाको समूहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पत्र पोस्ट गर्दै प्यालेस्टिनी भूमिमा अझै बन्धक अवस्थामा रहेकाहरूको रिहाइ सुनिश्चित गर्न आग्रह गरेका हुन् । उनीहरूले आफूहरूले बन्धक रहँदा भयानक अवस्थाको अनुभव गरेको भन्दै युद्धमा फर्कनु भनेको बाँकी रहेकाहरूको जीवनको खतरा रहेको बताएका छन् ।

गाजा युद्धविरामको पहिलो चरण ६ हप्तापछि यही मार्च १ मा सकिएको थियो । त्यसपछि शान्तिवार्ता शुरू भएको छैन । इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश हुनुपर्नेमा जोड दिएको छ ।

सन् २०२३ मा इजरायलमा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २ सय ५१ मध्ये ५८ जना गाजामै रहेका छन् । ५८ मध्ये ३४ जनाको ज्यान गएको इजरायली सेनाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया