नियुक्त भएको चार महिना नपुग्दै दिगम्बर झाले दिए राजीनामा

 पुष ११, २०७५ बुधबार १९:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले चार महिना पनि नपुग्दै बुधबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

भदौं २१ गते नियुक्त भएका झाले बुधबार राजीनामा दिनुभएको मन्त्रालय स्राेतले जनाएकाे छ । झालाई भदौ २१ गते सरकारले नियुक्त गरेको थियो ।

झा नियुक्तिको विषय लिएर सत्तारुढ पार्टी नेकपाभित्रै विवाद रहँदै आएको थियो । नेकपा स्थायी समिति बैठकमा नेताहरुले भ्रष्ट छबि भएका झालाई नियुक्त गर्दा सरकारको छबिमा समेत नकारात्मक सन्देश गएको भन्दै नेतृत्वलाई नियुक्ति फिर्ता लिन दवाव दिएका थिए । झाले काठमाडौंमा आज दिउँसो मात्रै पत्रकार सम्मेलन गर्दै आफूलाई राजीनामा दिन कुनै डर नरहेको अभिव्यक्ति दिनुभएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले असार २१ गते २०७४ भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने निर्णयपछि झा पनि बर्खास्तीमा पर्नुभएको थियो । पुर्नवहालीको माग गर्दै सरकारको विरुद्धमा अदालत पुग्नुभएका झालाई ओली नेतृत्वको सरकारले फेरि प्रमुखमा नियुक्त गर्ने तयारी गरेपछि मुद्दा फिर्ता लिनुभएको थियो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले झालाई नियुक्त गर्न मत्रिपरिषदमा प्रस्ताव लगेपनि खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन भनेपछि सार्वजनिक सूचना निकालिएको थियो । समितिले सूचना निकालेपछि त्यसमा झालगायत प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक तथा पूर्व सचिवसमेतले निवदेन दिएका थिए ।

तर सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको दवावमा झालाई नै प्रमुखमा नियुक्त गरिएको थियो । 

याे पनि पढ्नुहाेस :

मेरो कारणले प्रधानमन्त्री र मन्त्रीहरुको बद्नामी हुन्छ भने राजीनामा दिन तयार छु : दिगम्बर झा

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • गीताखरेल

    Dec. 27, 2018, 8:04 a.m.

    प्रधानमन्त्री र प्रत्येक मंत्री झा जस्तो हनुमान भक्तको जरूरत,ठेकदार, पार्टि कार्यकर्ता तथा सम्पूर्ण कर्मचारी भएमा योदेशको द्रुतप्रगति ओलीको विकाश र संपन्नता प्राप्त हुने थियो तर "क्यारू?" "कर्मै खोटो " दुधपनि दुहेको छैन एकै पटक घिउ निकाल्न खोज्दा (प्रमराम र मंन्त्रिलक्ष्मण)प्रति हनुमान भक्ति प्रभूले बझेपनि कौवाजस्ता संचार कर्मिहरू"देशि र विदेशि"हरूको षड्यन्त्रले श्री हनुमानले पद त्यागेको होला ! धन्दा नमान्नु होस ! तपाईको हनुमान प्रति अदृष्य आशिर्वाद श्रीराम र लक्ष्मणलाई " संकटमोचन भक्त" प्रति आशिर्वाद कहिले छुट्न सक्छ ?आस गर्नु !

  •  0 Reply

तपाईको प्रतिक्रिया