गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजर...
फागुन २५, २०८१ आइतबार
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका–४, डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।
बुधबार दिउँसो १ बजे स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायिक वनमा लागेको डढेलो नियनत्रण बाहिर गएको हो । स्थानीय भेला भएर डढेलो नियन्त्रणका प्रयास गरिरहेको भए पनि नियन्त्रण सम्भव नभएको स्थानीय नेता याम राईले बताउनुभयो ।
डढेलो क्रमशः फैलिँदै गएका कारण साबिकको डम्बर्खुशिवालय–१ मा पर्ने हाँडीखोलाको बस्ती जोखिममा परेको छ । डढेलो निभाउने प्रयास अहिले पनि जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।