लमजुङको भुलभुलेमा फोहोरमैला व्यवस्थापन तथा संकलन केन्द्र निर्माण

 पुष १२, २०७५ बिहीबार ८:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेमा फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाले केन्द्रभागमा रहेको भुलभुलेमा फोहारमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको हो । 

गाउँपालिकाले १८ लाख खर्च गरेर फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।   

उहाँका अनुसार फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्रमा एउटा भवन बनाइएको छ । सरसफाइका लागि पानी पोखरी बनाइएको छ । कुहिने र नकुहिने फोहोरमैला संकलन गर्ने छुट्टाछुट्टै स्थल बनाइएको छ । 

फोहोरमैला संकलनको लागि गाउँपालिकासँग एउटा ट्रयाक्टर समेत रहेको छ । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले गाउँपालिकालाई ट्रयाक्टर उपलब्ध गराएको हो । फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र बनेसँगै प्रदूषणका साथै विभिन्न रोगको संक्रमण न्युनिकरणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘फोहोरमैला संकलन केन्द्र बनेको छ । यसले फोहोरमैला व्यवस्थापनमा सघाउ पुर्‍याउनेछ । वातावरण स्वच्छ, सफा र हराभरा पार्न मद्धत गर्नेछ,’ उहाँले भन्नुभयो । 

यसैगरी, गाउँपालिकाले साताव्यापी सरसफाई अभियान समेत चलाएको छ । अभियानका क्रममा सोमबार गाउँपालिकाले भुलभुलेमा फोहोर संकलन गरेको छ । यो अभियान गाउँपालिकाको ९ वटै वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।       
 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया