'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको १९ औं चरणको खेलमा जित हात पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ ।
आर्सनल ब्राइटन एण्ड होभ अल्वियानसँग १–१ गोलको बराबरीमा रोकियो । आर्सनल बराबरीमा रोकिएपछि चेल्सी भने चौथो स्थानमा उक्लिन सफल भयो ।
वाट्फोर्डको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउनका लागि इडिन हाजार्डले दुई गोल गरे ।रोमाञ्चक खेलमा पहिलो हाफको इन्ज्युरी समयमा इडिन हाजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर इन्ज्युरी समयमै रोबर्टो पेरेराले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
५८औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । वाट्फोर्डका गोलकिपर बेन फोस्टरले फल गरेका कारण पाएको पेनाल्टीलाई इडिन हाजार्डले गोलमा परिणत गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । बाँकी समयमा गोल नभएपछि चेल्सी विजयी भयो ।
यसअघि आर्सनल ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकियो । सातौं मिनेटमा पिएरे एमरिक अबामेयाङ्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा जर्जेन लोकाडियाले गोल गरेपछि खेल बराबरीमा पुर्याए । बाँकी समयमा आर्सनलले गोल गर्न सकेन र अंक बाँढ्न बाध्य भयो ।
बराबरीपछि आर्सनल ३८ अंक बनाउँदै पाँचौं स्थानमा छ । आर्सनल बराबरी खेल्दा चेल्सीलाई भने फाइदा भएको छ । चेल्सी ४० अंकसहित चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।