'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १० खेलाडीमा झरेको च्यासल युथ क्लब र एपीएफ क्लबले १ – १ गोलको बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३० औँ मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोललाइनबाट बचाएपनि रिबाउण्डमा सन्तले गोल गरेका थिए ।
खेलको ४१ औँ मिनेटमा एपीएफले पेनाल्टी पाएपनि उसका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बचाए । पहिलो हाफमा १–० ले पछि परेको एपीएफले ५४ औँ मिनेटमा खेल बराबरीमा पुर्यायाे । उसका श्यामकुमार नेपालीले गोल गर्दै एपीएफलाई हारबाट जोगाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।