'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा श्रीलंका मात्र १ सय चार रनमा अलआउट भयो ।
९८ रनमा चार विकेटको अवस्थामा दोस्रो दिनको सुरुवात गरेको श्रीलंकाले अरु ६ रन जोड्दा अलआउट भयो । श्रीलंकाको पारीलाई ध्वस्त बनाउन ट्रेन्ट बोल्टले सशक्त बलिङ गरे । उनले दोस्रो दिनको पहिलो सेसनमा बलिङ गर्दा मात्र ४ रन दिँदै ६ विकेट लिए ।
विश्वस्तरका स्विङ बलर बोल्टको अगाडि श्रीलंका पूरै धरासायी बन्यो । यसअघि न्यूजिल्याण्डले पहिलो पारीमा एक सय ७८ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।