२ खेल अगाडि नै बन्यो मनाङ मर्स्याङ्दी ए डिभिजन लिगको च्याम्पियन

 पुष १२, २०७५ बिहीबार १६:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मनाङ मर्स्याङ्दी क्लबले आठौँ पटक ए डिभिजन लिगको उपाधि जितेको छ । संकटालाई तीन–एकले हराएपछि मनाङले लिगमा दुई खेल अगाडि नै उपाधि पक्का जितेको हो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेका दुवै टिमले एक अर्काको पोष्टमा बारम्बार आक्रमण गरेका थिए । जसमा सातौँ मिनेटमा संकटाका इलोनले मनाङका गोलकिपरलाई बिट गरेर प्रहार गरे पनि गोल गर्न सकेनन् । १३ औँ मिनेटमा मनाङका कमल श्रेष्ठको प्रहार क्रसबारमा लाग्न पुग्यो । १५ औँ मिनेटमा फेरि मनाङका हेमन गुरुङको प्रहार क्रसबारमा नै लाग्न पुग्यो । पहिलो हाफको अन्तिममा मनाङले अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन । 

पहिलो हाफको इन्जुरी समयमा संकटाका गोलकिपर राजाबाबु थापाले विशाल राईको कर्नरमा आएको बललाई  क्लियर गर्न नसकेपछि बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले ८१ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि सब्स्टिच्युट खेलाडी पुजन उपरकोटीले गोल गर्न सफल भए । त्यसपछि ८७ औँ मिनेटमा विदेशी खेलाडी एडिलाजा सोमीडीको गोलमार्फत मनाङले अन्तर तीन–शून्यमा पुर्यायो । त्यसपछि संकटाका सेड्रिक अवाले ९० औँ मिनेट एक गोल फर्काए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।

त्यसपछि संकटा खेलमा फर्कन सकेन र मनाङ घरेलु लिगको सर्वाधिक सफल टिम बन्यो । 

उसले यसअघि २०४३,४४,४६,२०५७, २०६० र २०६२ तथा २०७१ सालमा उपाधि जितेको थियो । संकटाले २०३७, २०४० र २०४२ गरी तीन पटक लिगको उपाधि जितेको थियो ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया