इन्टर मिलानले दुई खेल दर्शकबिनाकाे रंगशालामा खेल्नुपर्ने

 पुष १३, २०७५ शुक्रबार ७:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

समर्थकहरुले नापोलीका खेलाडीलाई दुर्व्यहार गरेपछि इन्टर मिलानले इटालियन सिरी 'ए' का दुई खेल बिनादर्शक बन्द रंगशालामा खेल्नुपर्ने छ ।

बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेद दुर्व्यवहार गरेका थिए । जसका कारण सिरी 'ए' लिग आयाेजकले छानबिन गर्दै इन्टरलाई कारबाही स्वरूप दर्शकबिना खेल्नुपर्ने निर्णय गरेको हो । 

इन्टर मिलानले भने कारबाहीबारे अपील गर्ने बताएको छ । यस्तै सिरी 'ए' ले नापोलीका काउलिबालीलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । इन्टरविरुद्धको खेलमा काउलिबालीले रातो कार्ड पाएका थिए । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया