आगलागीमा २२ घर जले

 पुष १३, २०७५ शुक्रबार ९:३०:३८ | रासस
unn.prixa.net

झापा – मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति ८ बजेबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीबाट छेउछाउका अन्य केही घरमासमेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनबत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । 

आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली शुक्रबार बिहानै घटनास्थल पुगको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया