अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा काेषको दायरामा ल्याउने प्रधानमन्त्रीकाे घाेषणा

 मंसिर ११, २०८१ मंगलबार १८:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा काेषको दायरामा ल्याउने घोषणा गर्नुभएको छ । केही दिन मात्रै काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उहाँले बताउनुभएको हो ।

सातौं साामाजिक सुरक्षा दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूलाई पनि त्यही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध हुने उल्लेख गर्नुभयाे । वैदेशिक रोजगारीमा गएका सबै युवालाई कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले नागरिककाे सुख र समृद्धिबाहेक अरू कुनै अभिष्ट नराखेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया