सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा

 पुष १३, २०७५ शुक्रबार १४:२:२ | रासस
unn.prixa.net

काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका –५, विष्णुमतीमा रहेको कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ ।

मापदण्ड विपरीत सुधार गृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले केन्द्रका सञ्चालक सुरती गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । यस विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रुपमा सुन सङ्कलन गरिरहेको अवस्थामा करिब ९९ ग्रामको सुनको बाला २ थानसहित हेटौँडा उपमहानगरपालिका–५, का सानोबाबु कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

यस्तै काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीमा नक्कली सुनलाई सक्कली सुन भनी बिक्री गर्दै हिँडेका ललितपुर बस्ने काठमाडौँं महानगरपालिका– १७ का राजु परियारलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुन जस्तो देखिने बेरुवा औंँठी ४१ थान, साँझा औँंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चाँदी जस्तो देखिने सिक्री १ थान बरामद गरेको छ । 

परियारको साथबाट नगद १६ हजार रुपैयाँसहित पत्थर सात थान, चक्कु एक थान, विभिन्न व्यक्तिको नागरिकता १२ थान, लाइसेन्स तीन थान, जनावरको दाँत जस्तो देखिने सेतो बस्तु एक थान, ज्योति विकास बैंकको खाली चेक एक थान, चारवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया