मेस्सी फकाउँदै अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी

 पुस १४, २०७५ शनिबार ९:३८:४२ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनाका फुटबल प्रशिक्षक लियोनल स्कालोनीले टिममा लियोनल मेस्सीलाई फर्काउने प्रयासमा लागेका छन् । 

फ्रान्स विश्वकपमा अर्जेन्टिना बाहिरिएपछि देशका लागि केही समय नखेल्ने घोषणा गरेका मेस्सीले अझै राष्ट्रिय टिममा फर्कने चासो देखाएका छैनन् । त्यतिबेला उनले केही समय ब्रेक लिने बताएका थिए ।

मेस्सीलाई फर्काउने विषयमा प्रशिक्षक स्कालोनीले छलफल गरिरहेको पुष्टि गर्दै आउँदो कोपा अमेरिका कपका लागि मेस्सीलाई फर्काउने योजना रहेको बताए । प्रशिक्षक स्कालोनीले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘मैले मेसीसँग अक्सर कुरा गर्दिनँ, तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’ ‘मैले सन् २०१९ मा अर्जेन्टिनासँग जोडिनका लागि मेस्सीलाई आग्रह गर्न चाहन्छु, आशा छ यसमा मेस्सीबाट सकारात्मक जवाफ आउने छ’, प्रशिक्षक स्कालोनीले भने ।

तर अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेले पनि मेस्सीले स्पेनिस लालिगामा बार्सिलोनबाट खेलिरहेका छन् ।  उनले प्रशिक्षक स्कालोनीको भनाईमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया