सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाडौँ – शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ ।
आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो ।
विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । 'आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए', उहाँले भन्नुभयो, 'अबदेखि भने विषयगत अध्यापन अनुमतिपत्र वाहकले मात्र सम्बन्धित विषयमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।'
सरकारले शिक्षा ऐन २०२८ को सातौँ संशोधनपश्चात् विसं २०५९ देखि शिक्षक अध्यापनका लागि अनिवार्य अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको थियो ।
आयोगले अहिलेसम्म करीब पाँच लाखलाई शिक्षक अध्यापन अनुमतिपत्र वितरण गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।