मेयर जेलबाट छुटेको खुशीयालीमा सार्वजनिक बिदा

 पुष १५, २०७५ आइतबार ८:५८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नगर प्रमुख जेलबाट छुटेको खुशीयालीमा रौतहतको कटहरिया नगरपालिका क्षेत्रभित्र आइतबार सार्वजनिक बिदा दिइएको छ । मेयर सियाराम कुशवाहले आफू जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालयलगायत बन्द गर्ने निर्णय गर्नुभएको हो । 

स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति व्यापक आलोचना भएको छ । 

विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह अस्ति काठमाडौँको डिल्लीबजार कारागारबाट छुट्नुभएको थियो । वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उहाँ शनिबार नेकपाका केन्द्रीय नेताहरु सहित हेलिकोप्टर चढेर गृह नगर फर्किनुभएको थियो । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया