उमेश थापाको कथामा निर्माण भएको चलचित्र ‘बोब्बी’को सिक्वेल बन्ने

 पुस १५, २०७५ आइतबार १२:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

उमेश थापाको रियल स्टोरीमा निर्माण भएको चलचित्र ‘बोब्बी’को सिक्वेल निर्माण हुने पक्का भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘बोब्बी २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गर्न लागेका हुन् । ‘बोब्बी २’चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । 

यस अघिको चलचित्र ‘बोब्बी’ मा समेट्न सम्भव नभएका कुराहरुलाई ‘बोब्बी २’मा देखाइने निर्देशक चाम्सले बताए । पहिलो चलचित्रमा नायिका कविता नर्वेको एयरपोर्टमा पुगे पश्चात चलचित्रको अन्त्य गरिएको थियो । अब निर्माण हुने चलचित्र ‘बोब्बी २’ मा त्यसपछिको घटनालाई निरन्तरता दिँदै उमेशको बाल्यकाल र नर्वे पुगेपछि संघर्ष गर्दा आइ परेका समस्या र त्यसको समाधानका  साथै उमेशले हात पारेको सफलताको कथा ‘बोब्बी २’मा प्रस्तुत गरिने बताइएको छ । 

चलचित्रमा रियल पात्र उमेश थापा, कविता गुरुङसँगै उनीहरुका छोरा एलियास थापाको पनि अभिनय रहने छ । त्यससँगै अधिकांश चलचित्र ‘बोब्बी’मा समवेश भएका कलाकारको अभिनय रहने छ । चलचित्रको कथा नरेश भट्टराईले लेखेका हुन् । यसअघि निर्माण भएको चलचित्र ‘बोब्बी’ लाई दर्शकको राम्रो साथ मिलेको थियो । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया