भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
उमेश थापाको रियल स्टोरीमा निर्माण भएको चलचित्र ‘बोब्बी’को सिक्वेल निर्माण हुने पक्का भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘बोब्बी २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गर्न लागेका हुन् । ‘बोब्बी २’चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
यस अघिको चलचित्र ‘बोब्बी’ मा समेट्न सम्भव नभएका कुराहरुलाई ‘बोब्बी २’मा देखाइने निर्देशक चाम्सले बताए । पहिलो चलचित्रमा नायिका कविता नर्वेको एयरपोर्टमा पुगे पश्चात चलचित्रको अन्त्य गरिएको थियो । अब निर्माण हुने चलचित्र ‘बोब्बी २’ मा त्यसपछिको घटनालाई निरन्तरता दिँदै उमेशको बाल्यकाल र नर्वे पुगेपछि संघर्ष गर्दा आइ परेका समस्या र त्यसको समाधानका साथै उमेशले हात पारेको सफलताको कथा ‘बोब्बी २’मा प्रस्तुत गरिने बताइएको छ ।
चलचित्रमा रियल पात्र उमेश थापा, कविता गुरुङसँगै उनीहरुका छोरा एलियास थापाको पनि अभिनय रहने छ । त्यससँगै अधिकांश चलचित्र ‘बोब्बी’मा समवेश भएका कलाकारको अभिनय रहने छ । चलचित्रको कथा नरेश भट्टराईले लेखेका हुन् । यसअघि निर्माण भएको चलचित्र ‘बोब्बी’ लाई दर्शकको राम्रो साथ मिलेको थियो ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।