जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठले जितेकी छिन । सुनसरीको धरानमा शनिबार सम्पन्न कार्यक्रममा उनले मिस पूर्वाञ्चलको ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत हात पारिन् ।
प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्ट रनरअप बन्न सफल भएकी छिन् । उनले नगद एक लाखसहित विभिन्न पुरस्कार प्राप्त गरिन भने इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भएकी छन् । उनले नगद ५० हजार प्राप्त गरिन् । यस्तै फाइनल प्रतिष्पर्धामा मिस फोटो जेनिक र मिस मल्टिमिडिया टाइटल भने आकृति आचार्यले जित्न सफल भइन् ।
यस्तै बेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भइन् । उनीहरुले जनही १५ हजार पुरस्कार प्रप्त गरेका छन् ।
यस्तै फेस अफ डिभाइन आकृति आचार्य भइन भने फिटनेस स्वस्तिका विसुंखे घोषित भइन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद राजेन्द्र खनाललगायतका निर्णायकहरुको टोलीले विजेता छनोट गरेका हुन् ।
–उज्यालाे अनलाइन र गफगाफ डटकमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।