गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजर...
फागुन २५, २०८१ आइतबार
बाँके – तमु ल्होसार पर्वको अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले एक महिनाको तलबभत्ता सहयोग गर्नुभएको छ ।
नेपालगञ्जको बौद्धगुम्बामा आइतबार आयोजित कार्यक्रममा पुगेर मेयर राणाले एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गर्नुभयो । मेयर राणाले स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार मासिक तलब र भत्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
मेयर राणाले गुरुङ राष्ट्रिय परिषद्लाई सहयोग हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा परिषदका युगबहादुर गुरुङ, आदिबासी जनजाती महासङ्घ बाँकेका अध्यक्ष डम्बर थापा लगायतले तमु ल्होसारको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
मेयर राणाले समाजमा भ्रष्टाचार बढिरहेकाले नियन्त्रणका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।