नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आइतबार ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।
यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मगते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमहरु गरिएकाे छ ।
यस्तै गुरुङ्ग जातिको बसोबास रहेका देशका विभिन्न ठाउँ र विदेशमा पनि यो पर्वका अवसरमा कार्यक्रम गर्ने गरिन्छ ।
तमुल्होसारको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए पनि नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नदिएको बताउनुभएको छ ।
ल्होसारका अवसरमा विभिन्न दलका शीर्ष नेताहरुले पनि गुरुङ्ग समुदायलाई शुभकामना दिनुभएको छ ।
तस्बिर : विकास तामाङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।