नेपालमा भेटिए छेपारोका ३ नयाँ प्रजाति
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सरकारले यातायात सेवा संचालनका लागि छुट्टै प्राधिकरण गठन गर्ने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात सेवा संचालनको कामलाई व्यवस्थित बनाउन सरकारले यातायात सेवा प्राधिकरण गठन गर्न लागिएको जानकारी गराउनु भएको हो । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आउँदो वैशाखभित्र ३ सय वटा विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने योजना पनि अघि सार्नुभयो । काठमाडौं उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन मन्त्रिपरिषद् बैठकले ३ सय वटा विद्युतीय बस खरिद गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
मन्त्री महासेठले मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको उल्लेख गर्दै वैशाखभित्र ती विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने जानकारी दिनुभयो । मन्त्री महासेठले महेन्द्र राजमार्ग स्तरोन्नतिको कामलाई यही पुस २५ गतेबाट औपचारिक रुपमै अघि बढाउने घोषणा पनि गर्नुभयो ।
महेन्द्र राजमार्गको नारायणगढ–वुटवल सडकखण्ड स्तरोन्नतिको काम सुरुमा संचालन गर्ने मन्त्री महासेठको योजना छ । मन्त्री महासेठले २ लेनको नारायणगढ–वुटवल सडकखण्ड राजमार्ग ४ लेन हुने गरी स्तरोन्नतिको काम गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले सरकारले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई उच्च प्राथमिकता दिएको दावी पनि गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्रालयले गरेका प्रथम चौमासिक कामको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।